प्रदेश अधिबेशन प्रतिनिधिका लागि प्रेस युनियन अछामका सचिव भण्डारीको उम्मेद्वारी घोषणा

कमलबजार

नेपाली कांग्रेसको प्रदेश अधिबेशन प्रतिनिधिका लागि युवा नेता सुशील प्रसाद भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन्।

मंगलसेन नगरपालिका वडा नम्बर ६ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका भण्डारीले नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट प्रदेश अधिबेशन प्रतिनिधिमा उम्मेदारी घोषणा गरेका हुन्।

नेपाल प्रेस यूनियन अछामका सचिव समेत रहेका भण्डारी काङ्ग्रेसका हरेक गतिविधि हरुलाइ सञ्चार माध्यम हरुबाट प्रचारप्रसार गर्न सक्रिय रूपमा लाग्दै आइरहेका छन् ।

प्रेस युनियन सचिव भण्डारीले भने : नेपाली कांग्रेसको संगठन बलियो बनाउन संगठन सुदृढ पार्नका लागि पार्टीको हरेक तह हरुमा युवा हरुको उत्साहजनक सहभागीता हुनु आवस्यक छ । तेसैले आफु प्रदेश प्रतिनिधि लड्न लागेको हु ।

नेपाली कांग्रेसको हरेक कार्यक्रममा सहभागी हुने भण्डारीले यसपटक आफुलाई सहयोग गर्न क्षेत्र नम्बर २ प्रदेश ( ख) का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ अपिल समेत गरेका छन् ।

ताजा समाचार

लोकप्रिय