समाजसेवी बिष्ट ले गरे कमलबजार नगरपालिकालाई २ लाख बराबरको स्वास्थ्य साम्रगी सहयोग

श्रावण १४ कमलबजार
कमलबजार नगरपालिका वडा न. ८ मा जन्मेर काठमाण्डौमा कर्मथलो बनायका समाजसेवी जनक ब. बिष्ट ले कमलबजार नगरपालिका लाई अक्सिजन कन्सट्रेटर तथा स्वास्थ्य साम्रगी सहयोग गरेका छन ।
कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकाश बिष्ट लाई उनका साला दमन बोगटी ले आज एक कार्यक्रममा करिब २ लाँख बराबरको अक्सिजन कन्सट्रेटर तथा स्वास्थ्य साम्रगी हस्तान्त्तरण गरेका हुन ।
प्रमुख प्रशासकिय अधिकृत खड्ग ब बिष्ट लगायत वडा अध्यक्ष सहभागी सो कार्यक्रममा नगर प्रमुख बिष्टले कोरोना तेश्रौ लहर आउदै छ ,आईसकेपछि रोएर ,करार ,चिच्याएर यो भाग्ने बाला छैन यो एउटा युद्ध हो आधा लडाई मनोबलले जित्ने हो ,मनोबल उच्च राखौ ।साथमा ईच्छा शक्ति जगाऔ ,उत्तरदायित्व नभुलौ समस्या समाधान बिहिन हुदैन कोरोना परास्त गरेर बिजय हुने भनेको श्रौत ,साधनले हो। यस्तो बेला न्युनतम आधारभुत साम्रगी को अभाव हुनु हुदैन खास गरि अक्सिजन ब्यवस्थापनका जसका लागी भबिष्यमा पनि नगरपालिका ले संध संस्था र दाताहरुको सहयोग र सहकार्य को अपेक्षा गरेको बताउनु भयो ।

ताजा समाचार

लोकप्रिय