काठमाडौं, २९ मंसिर। नेपाली बजारमा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय