अछाम, ४ पुष । अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण निधन भएको छ । बुधबार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्‍याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको हो ।

लामो समयसम्म उद्योग वाणिज्य संघको कार्ववाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए । साँफेबगर नगरपालिका-८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए ।

विहीबार उनको अन्त्येष्टि गरिने छ । शोक मनाउन जिल्लाभरको बजार क्षेत्र बिहीबार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय