काठमाडौं, ८ पुस । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २१।०३ अंकले घटेको छ। यसदिन नेप्से ०.९९ प्रतिशतले घटेर २०८८।०७ बिन्दुमा बन्द भएको छ। आइतबारको बजारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रूपैयाँको सेयर कारोबार भएको छ।

बिहीबार ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रूपैयाँको सेयर कारोबार भएको थियो। यो रकम अघिल्लो दिनको तुलनामा ८४ करोड रूपैयाँ बढी हो। यस दिन ३०९ वटा धितोपत्रको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच भएको हो।

आइतबार ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।   यसदिन ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।  बोटलर्स नेपाल बालाजु, कालिका पावर, सामलिङ पावर, बिपिडब्ल्यू लघुवित्त र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।

को छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय