कमलबजार, पौष १९ ।
नगरस्तरीय सरसफाई योजना सम्बन्धि एक दिवसीय प्रारम्भिक छलफल तथा कार्यशाला गोष्ठी कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाको आयोजना तथा युएसए आइडी कर्णाली जल परियोजनाको सहजीकरणमा नगरस्तरीय सरसफाई योजना सम्बन्धि एक दिवसीय प्रारम्भिक छलफल तथा कार्यशाला गोष्ठी कमलबजार नगरपालिकामा बिहीवार सम्पन्न भएको हो । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवर ,पालिकाका विभित्र वडा का वडा अध्यक्ष  ,पालिकाका कर्मचारीहरु, स्थानीय लगाएतहरुको सहभागीता रहेको थियो । यस्तै कमलबजार नगरपालिकामा खानेपानी तथा सरसफाईको अवस्था तथा आगामी कर्णाली जल परियोजनाको लक्ष्य पूरा गर्न उक्त कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय