धनगढी,२० पुस । डडेल्धुरामा बुधवार मृत अवस्थामा भेटिएका नरेश नाथको हत्याको आशंकामा उनकै श्रीमतीलाई पक्राउ गरिएको छ। बैतडीको दशरथचन्द नगरपालिका–३ का ३५ वर्षीय नाथ बुधबार मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले नाथको हत्याको आरोपमा उनकी श्रीमती २८ वर्षीया पशुपति नाथलाई पक्राउ गरिएको जानकारी दिए।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी निरीक्षक नायकले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय