रुपान्तरण कक्षाका सहभागी हरुका अभिभावक लाई सकारात्मक अभिभाबकत्व सम्बन्धी साप्ताहिक कक्षा अन्तरगत तेस्रो सत्र पञ्चदेवल विनायक नगर पालिपालिका वाड न २ बिनायकमा सम्पन्न भएको छ ।

आस्था नेपाल तथा वल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग सहजीकरण र वडा कार्यालयको समन्वय र सहकार्यामा रुपान्तरण कक्षाका सहभागी हरुका अभिभावक लाई सकारात्मक अभिभाबकत्व सम्बन्धी साप्ताहिक कक्षा अन्तरगत तेस्रो सत्र पञ्चदेवल विनायक नगर पालिपालिका वाड न २ बिनायकमा सम्पन्न भएको हो ।

जसमा २५ जना सहभागी रहेका थिए भने आस्था नेपालका तर्फबाट फिल्ड अधिकृत दिल बहादुर शाही सामाजिक परिचालक सुशील बटाला , नम बहादुर बिस्ट र बृख बि क रहनु भयको थियोे ।
उक्त कार्यक्रममा बाल बिकासका पक्ष हरु तथा बाल बालिकाका आधारभुत आबश्यक्ताहरु र बाल बिकासका चरणहरु बारेमा छलफल भएको छ । जसमा बाल बालिका कुन कुन चरणमा कसरि उनिहरुमा शारिरिक मानसिक र बौद्धिक बिकास हुन्छ भन्ने बारे बिस्तृत छलफल गरिएको थियो ।

यसको साथ साथै बाल बालिकाको शोभाब कस्तो हुन्छ उनिहरुको ब्याक्तित्व बिकास गुण लगायत बाल बालिकालाइ संरक्षण गर्नका लागि अभिभबकको भुमिका कस्तो हुनु प्रछ कसरि बाल बालिकालाइ संरक्षण गरि उनिहरुको बाल समृद्धि मा टेवा पुर्याउन सकिन्छ भन्ने बारे जान्कारी सहित आभिमुखिकरण गरिएको हो ।

जसको सहजिकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही र नम बहादुर बिष्ट ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सुशील बटालाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय