बैतडी, २२ पुस । बैतडीको सुर्नया गाउँपालिका-३ बिजुलकी ५६ वर्षीया हरिना बिष्टको हत्या आरोपमा पक्राउ परेका तेजबहादुर चन्दलाई कारागार चलान गरिएको छ।

गत मंसिर २६ गते सुर्नया गाउँपालिका-३ कै चन्दले घरमा पसेर हसिया लगायतका धारिलो हतियारको प्रयोग गरी विष्टको हत्या गरेका थिए। चन्दलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो।

कर्तव्य ज्यान मुद्दामा चन्दमाथि अनुसन्धान गरेर उनलाई अदालत पेश गरिएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय