हिक्मत बहादुर नेपाली
अछाम पौष २२ ।
अछामको कमलबजार नगरपालिका लाई राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्राधिकरण बाट २० लाख मुल्य बरावरका विपदमा खोज तथा उद्धारका लागी प्रयोग हुने सामाग्री प्राप्त भएका छन । सोही सामाग्रीको प्रयोग तथा
विपद व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रम आज कमलबजारमा सम्पन्न भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्राधिकरण बाट प्राप्त सामाग्रीको प्रयोग सम्बन्धी सशस्त्र प्रहरी बल ४९ नं गुल्म अछामको बिशेषज्ञ टोली अछाम बाट अनुशिक्षण कार्यक्रम गरिएको हो ।
कमलबजार नगरपालिकाका नगरप्रमुख तथा विपद व्यवस्थापन समितीका संयोजक यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा, जिल्ला विपद व्यवस्थापनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल , सशस्त्र प्रहरी बल ४९ नं गुल्म अछामका प्रमुख सहायक प्रहरी नायब उपरीक्षक धन सिं धामी, राष्ट्रिय अनुसन्धान आयोगका अधिकृत गोविन्द्र प्रसाद पाण्डे लगायतको विशेष उपस्थिीती रहेको थियो ।
अनुशिक्षण कार्यक्रममा कमलबजार नगरपालिकाका विभिन्न जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो , कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले विपद जोखिम न्यूजिकरणका लागी प्राप्त सामाग्रीको सदुपयोग गर्नका लागी थप दक्ष जनशक्ती तयार पार्न तालिमको आवश्यकता रहेको बताउनु भयो । दैविक प्रकोप तथा माननिय त्रुटीबाट हुने बिपद लाई न्युनिकरणका लागी आम जन स्तर सम्म नागरिकलाई सचेतनाका कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले विपदको वेला खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बलको गण अछाम क्षेत्र नं २ को केन्द्र कमलबजारमा स्थापनाका लागी सम्बन्धीत निकायका पहल गर्ने बताउनु भयो । यो क्षेत्र भुकम्प तथा बाढीपहिरो लगायतका प्रकोपको जोखिममा रहेकाले खोज तथा उद्धारका सामाग्रीको प्रयोगका बिषयमा वडा तह सम्मै युवाहरुलाई तालिमको व्यवस्था गर्ने बताउनु भयो ।
देश भरका ७५३ स्थानीय तह मध्ये ५४ स्थानीय तह लाई विपदका वेला काम लाग्ने खोज तथा उद्धारका सामाग्री हस्तान्तरण गरिएको छ । अछाम जिल्लाका कमलबजार नगरपालिका, मंगलसेन नगरपालिका, पञ्चदेवल बिनायक नगरपालिका र रामारोशन गाँउपालिका गरी ४ पालिका लाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय