टेक बहादुर थापा
अछाम पौष २१ ।
अछामको कमलबजारमा रहेको दलित एकता समाजले पालिकामा आफ्ना गतिविधिलाई तिब्रता दिएको छ । पालिका भित्र रहेका दलित समुदायहरुलाई एकिकृत गर्ने र उनीहरुले भोगि रहेका समस्याका बारेमा वकालत गर्ने उदेश्यले अहिले १० वटै वडमा वडा स्तरिय समिति गठन गर्ने कार्यलाई समेत अगाडी बढाई रहेको छ । अहिले पनि समुदाय स्तरमा रहेका दलित समुदायक नागरिकहरु धेरै किसीमका समस्याहरु भोगी रहेका उनीहरुको पक्षमा आवाज उठाउने उदेश्य पनि यो समाजको रहेको समाजका अध्यक्ष मिलन नेपाललीले बताउनुभयो । दलीत समुदायका नागरिकहरु संग भएको सिपको जर्गेना गर्ने र उनीहरुका समस्यालाई संचार माध्यम मार्फत प्रचार प्रसार गरि सरोकारवालाको ध्यानआकर्षण गर्ने काम पनि भईरहेको अध्यक्ष नेपालीले कमलबजार दैनिक डटकम संग बताउनुभयो । समाजका अध्यक्ष नेपालीले कमलबजार नगरपालिका भौगोलिक रुपमा पनि निकै विकट रहेकाले विकट क्षेत्रका दलित समुदायका नागरिकहरु आफ्नो हक अधिकारका बारेमा जानकारी नभएको र आफुहरुको क्षेत्रमा जाने बजेटको बारेमा समेत जानकार नभएको हुदा उनीहरुलाई यस्ता कुरामा पनि जानकारी दिने काम भईरहेको अध्यक्ष नेपालीको भनाई रहेको छ । हामी गाउँघरमा गएर दलित समुदायका ब्यक्तिहरुलाई भेला गराएर कमीटी गठन गर्ने काम मात्रै नभई उनीहरुको हक अधिकार र नेपालको संविधानमा दलित समुदायको हक अधिकारका बारेमा के लेखिएको छ यस बारेमा पनि जानकारी गराउने काम समेत संग संगै भईरहेको बताउनुभयो ।
समुदायमा अहिले पनि सबै भन्दा पछाडी परेको ब्यक्ति कोही छन भने त्यी दलीत समुदायका नागरिक भएकाले उनीहरुको अवस्था पनि दयनिय देखिएको हुदा अब त्यस्ता नागरिकहरुको पहिचान गरि अगाडी बढ्ने योजना आफुहरुको रहेको अध्यक्ष नेपालीको भनाई रहेको छ । गाउमा जादा उनीहरुको अवस्था निकै कमजोर छ दलित समुदायका नागरिकहरु आर्थिक, राजनितिक, शिक्षा र चेतनाका हिसाबले पनि पछी परेका अब उनीहरुका एक प्रकारको नया जागरण ल्याउने अभियानमा आफुहरु रहेको समाजले जनाएको छ । विद्यालय स्तरमा जादा दलित समुदायका बालबालिकाहरुको सहभागिता पनि अन्य समुदायको भन्दा कमै हुने गरेकाले त्यस्ता विद्यार्थि तथा अभिभावकको पहचिान गरि विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने अभियान पनि संग संगै चलाउने उदेश्य आफुहरुको रहेको बताउनुभयो । पछिल्लो समयमा आफुहरुले यो अभिायन संचालन गरेपछि दलित समुदायका ब्यक्तिहरु खुसी हुदै गएको उहाको भनाई थियो । दलित एकता समाजका अर्का अगुवा हिक्मत नेपालीले कमलबजार दैनिक संग कुरा गर्दै भन्नुभयो दलित समुदायका ब्यक्तिहरु संग थुप्रै किसीमका सिपहरु पनि छन त्यी कतिपय सिपहरु अझै ओझेलमा रहेकाले त्यस्ता ब्यक्तिहरुको सिपको प्रचार प्रसार गरि पुराना तथा संरक्षण गर्नै पर्ने सिपकहरुको बारेमा आम सरोकार वालालाई जानकारी गराउनु पनी रहेको बताउनुभयो । दलित समुदाका नागरिक संग थुप्रै सिपहरु भएपनी स्रोत साधनको अभावले आज सिप भएका ब्यक्तिहरु पनि पलायन हुदै गएकाले त्यस्ता ब्यक्तिहरुलाई गाउँमै कसरी बसाउने वाताबरण सृजना गर्न पनि आफुहरुले अभियान संचालन गर्ने बताउनु भएको छ । जातीय व्यवस्थाका कारण पछि परेका समुदायलाई आरक्षणको माध्यमबाट अघि ल्याउने प्रयास अहिलेको राज्यव्यवस्थाले गरे पनि यो प्रभावकारी बन्न सकिरहेको छैन । अझ आरक्षणको नाममा दलित समुदायलाई भकुन्डो बनाउने प्रवृत्तिले दलित मुक्ति, अधिकार र स्वतन्त्रतामा राज्यसमेत बैरी साबित भएको छ । राज्यका नयाँ योजनाकारले दलित समुदायलाई दलित भएको आभास दिलाउने गरी उनीहरूलाई राख्न छुट्टै ठाउँ खोज्नु, गाउँको कुनै छेउकुना, बस्तीभन्दा टाढा, समुदायभन्दा अलग स्थानमा आवास योजना बनाउनु विभेदका नयाँ रूप भएको नेपालीको भनाई रहेको छ । राज्यले दलित समुदायका लागि ल्याएका योजना सफल नहुनुले पनि विभेदका पर्खालहरू अझै भत्किन सकेका छैनन । यसबीचमा दलित तथा सीमान्तीकृत समुदायलक्षित समानुपातिक समावेशिता, कोटा, जनता आवास र छानो फेर्ने सुरक्षित आवासजस्ता कार्यक्रम ल्याइएको छ । तर, ती कार्यक्रमले विपन्न दलित समुदायको जीवनस्तरलाई फेर्न सकेको छैन । वर्षौंदेखि जातीय व्यवस्थाको दमनले समाजमा पछाडि परेका दलितहरूलाई अघि ल्याउन कोटाको व्यवस्था गरिए पनि अहिले त्यसैको होच्याउने प्रवृत्ति बढेको छ । यति मात्रै होईन दलित, गरिब तथा विपन्न समुदायको मूल समस्यालाई केन्द्रमा राखेर कुनै पनि विकास–निर्माणका कार्यक्रम सम्पन्न हुन सकेको छैन । छात्रवृत्ति सम्बन्धी कार्यक्रम होस्, या लोकसेवामा दलित कोटाको सवाल होस्, वा राजनीतिक रूपमा समानुपातिक समावेशिताको कुरा होस्, वा जनताआवास कार्यक्रम होस्, यी सबै योजना र कार्यक्रम दलितका समस्या निराकरणमा असफल साबित भएका छन् । आफ्नो मुक्ति र अधिकार, स्वतन्त्रता र समानताका लागि दलित समुदायले निरन्तर आन्दोलनमा रहनुपरेको छ । यतिसम्म कि बाँच्नकै लागि मानव अधिकारको खोजीसमेत गर्नुपरेको छ । दलितको सवालमा राज्यको मनुवादी नीतिमा अझै उल्लेख्य परिवर्तन नहुँदा दलित समुदायले आफ्नै एकता, आवश्यकता र बलबुताबारे बुझ्न जरुरी भएको उहाको भनाई छ । यस्तै काम गर्ने उदेश्यले गठन गरिएको यो संस्थाले राम्रो काम गरेको भन्दै अहिले दलित समुदायका नागरिकहरु पनि खुसी भएका छन । आफुहरुको क्षेत्रमा बोली दिने कोही थिएन जस्तो लागेको थियो अहिले पालिका स्तरिय दलित एकता समाजले आफुहरुका बारेमा वकालत गर्न थालेपछि पालिकाका दलित समुदायका नागरिकहरु खुसी भएका छन । शनिबार कमलबजार नगरपालिका वडा न ५ को कुईकामा भएको कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै जिल्ला समन्वय समिति अछामका सदस्य प्रभुनाथ विश्वकर्माले दलित समुदाय हरेक क्षेत्रबाट पछि परेकाले उनीहरुको उत्थानका लागि दलित एकता समाजले पहल गर्न आवश्यक रहेको बताउनुभयो । समाजले पालिकामा सकारात्मक गतिविधि अगाडी बढाई रहेकाले यस्ता रचनात्मक कार्यहरुलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । समाजका हरेक वर्गमा दलित रहेको भन्दै उहाले यस्ता वर्गको विकासका लागि सरकारले पनि काम गर्नुपर्ने विश्वकर्माको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय