निर्मल रैका कोहलपुर,बाँके
२०८० पौष २४
देशकै प्रतिष्ठीत लघुबित्त युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.को वार्षिक साधारण सभा सुरु भएको छ ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. केन्द्रिय कार्यालयले आज बाँकेको कोहोलपुरमा भब्यताका साथ संस्थाको पाँचौ वार्षिक साधारण सभा सुरु गरेको छ ।

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.का कार्यकारी निर्देशक लघुबित्त बिज्ञ तथा समाजसेवी डा. गोपाल दहितका अनुसार ०७९।८० को बार्षिक प्रतिवेदन माथि छलफल गर्ने तथा स्वकृत गर्ने, आ.व ०७९।८० को कारोबारबाट भएको मूनाफाबाट प्रस्तावित भएको लाभाँश अनुमोदन गर्ने , आ.व ०८०।८१ को बार्षिक कार्यक्रम तथा योजना अनुमोदन , अन्य लघुबित्त बित्तिय संस्थालाई मर्ज गर्ने, आ.व. ८०।८१ को लागी बाह्य लेखा परिक्षक नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने , पाँचौ वार्षिक प्रतिवेदन कार्यकारी निर्देशकबाट प्रस्तुत गर्ने, आ. व ०७९।८० मा सम्पती तथा दायित्वको बिवरण , नाफा– नोक्सान हिसाब,नगद प्रवाह बिवरण लगायतका अन्य हरहिसाब अनुमोदन गर्ने, संस्थाको नयाँ कार्यबिधीहरु तथा बिद्ममान नियमावली कार्यबिधीहरु संसोधन एवम् परिमार्जन गर्ने अन्य बिबिध बिषयमा छलफल हुने बताए ।

वार्षिक साधारण सभामा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. का अध्यक्ष शिब बहादुर चौधरी, समाजसेवी तथा सञ्चालक समिती सदस्य पुरन प्रसाद चौधरी त्यसैगरी सन्तराम धरकटुवा थारु , सञ्चालक जगत राम थारु त्यसैगरी संस्थाका कर्मचारी तथा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि का नायब कार्यकारी अधिकृत राज कुमार पोख्रेल ,मानव संसाधन तथा जनशक्ति ब्यवस्थापन तालिम प्रमुख मान बहादुर थारु, लघुबित्त सेक्सन प्रमुख मदन चौधरी, कर्जा अधिकृत तुला चौधरी आइटी रमेश चौधरी, राजेन्द्र चौधरी, आन्तरिक लेखा परिक्षक राजेन्द्र कुमार चौधरी, बिनोद कुवर , लेखा अधिकृत अयोध्या प्रसाद चौधरी, स्टोर सेक्सन प्रमुख नरेन्द्र बहादुर चौधरी लगायको सहभागिता रहेको छ ।

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ । हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ९० हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय