
रञ्जना बि.सी
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ५ कि यशोदा भण्डारी पछिल्लो स्थानीय तहको निर्वाचनमा महिला वडा सदस्य पदमा निर्वाचित भइन् । तर, आफू निर्वाचित भएको उनीमा त्यति धेरै खुसी छैन अहिले । अघिल्लो कार्यकालमा पनि वडा सदस्य भएरै पाँच वर्ष बिताएकी उनलाई पछिल्लो निर्वाचनको वडा अध्यक्ष पदमा चुनाव लड्ने मन थियो । तर, सम्भव भने हुन सकेन ।
महिलाले अवसर पाए जुनसुकै पद पनि सम्हाल्न सक्छन् भन्ने बुझाई भएकी यशोदालार्ई बेलाबेला महिला भएकै कारणले आफू पछाडि परको महसुस हुन्छ । ‛मैले पहिलो कार्यकाल पनि वडा सदस्य भएरै बिताए । पछिल्लो चुनावमा त वडा अध्यक्षको सिट पाउछु की भनेर धेरै कोसिस गरे तर पाउन सकेन । के गर्ने हाम्रो पितृ सन्तात्मक समाजमा महिलालाई पत्याइँदैन । गर्न सक्दैनन् सोच्छन्’ उनी भन्छिन् ।
आर्थिक रूपमा मजबुत नभएकै कारण वडा अध्यक्षको टिकट नपाएको उनको ठहर छ । आफू वडा अध्यक्ष मात्र नभएर प्रमुख उपप्रमुखमै राम्रो काम गर्न सक्ने उनलाई लाग्छ । तर, प्रमुख हुन वा वडाध्यक्ष हुन लैंिगक विभेद गरिएको उनलाई भान हुन्छ । आर्थिक, सामाजिक, राजनीतिक तथा नीति निर्माण पक्रियामा पुरुषकै वर्चस्व हुने गरेका कारण महिलाहरूले पछाडि पर्ने गरेको उनको भनाई छ ।
आफू दुई कार्यकाल वडा सँगै कार्यपालिका सदस्य समेत भए पनि आफूले भने र सोचे अनुसार काम भने गर्न नसकेको उनी बताउँछिन् । ‛मैले दुई वडा सदस्य बने पनि सोचेको काम अझै गर्न सकेको छैन । हामीले मात्र भन्दा नहुने रहिछ । यो गर्नु पर्यो भनेका मागहरू कहिले सम्बोधन नै हुँदैनन् भए पनि भने काम अनुसार हुँदैन’ उनले भनिन ।
धनगढी वडा न।४ का महिला वडा सदस्य माया भण्डारी ९साउँद० लाई संविधानले दिएको अधिकारका कारण बाध्य भएर मात्रै महिलाहरूलाई उम्मेदवार बनाउने गरेको जस्तो लाग्छ । राज्यले तोकेको कोटा अनुसार महिला वडा सदस्यहरू निर्वाचित भए पनि आफूहरूले राखेका मागहरू कार्यपालिका बैठकमा सम्बोधन नहुने गरेको उनी बताउँछिन् ।
उनी भन्छिन्, ‛कुनै ठाउँमा पनि महिलाको अर्थ पूर्ण सहभागिता छैन । हामीले राखेका धेरै मागहरू सम्बोधन हुँदैनन् । महिला त हो नि भन्ने जस्तो गरिन्छ । राज्यले तोकेको कोटा बाहेक अन्य पदमा महिलालाई राखिँदैन । महिला सक्दैनन्, पैसा खर्च गर्दैनन्, टाइम म्यानेज गर्न सक्दैनन् सोच्छन् । ’वडा कार्यालयहरुका बैठकहरूमा पनि महिलालाई महत्त्व नदिने गरेको उनी गुनासो गर्छिन् । धनगढी उपमहानगरपालिकाका १९ वडा मध्य एउटा वडामा पनि महिला वडा अध्यक्ष नहुन विडम्बना भएको उनले बताइन ।
कैलालीकै गोदावरी नगरपालिका वडा नं ३ कि महिला वडा सदस्य शारदा देवी भट्टले पनि आफूले चुनाव जिते आफ्ना वडाका स्वास्थ्य, खानेपानी, बाटो लगायतका समस्याहरू समाधान गर्ने सोचेकी थिइन । तर, जितेपछि उनले राखेका मागहरू भने कहिले बजेट अभावका कारणले रोकिए त कहिले सम्बोधन नै भएनन् ।
‛पहिला त धेरै काम गर्छु सोचेको थिए । स्वास्थ्य, खानेपानी, बाटोघाटो लगायतका समस्या छन् यिनलाई समाधान गर्छु भनेर तर सबै कुरा सोचेको जस्तो हुँदैन उनी भन्छिन्, ‘सबै मागहरूका कार्यपालिका बैठकमा सम्बोधन हुँदैनन् भए पनि कहिले बजेट अभावका कारणले रोकिन्छ कहिले के रु’
राजनीतिक क्षेत्रमा महिलाहरू पहिलेको तुलनामा केही मात्रामा बढे पनि तर महिलाको अर्थपूर्ण सहभागिता भने नभएको उनी बताउँछिन् । नगरपालिकामा हुने अधिकांश कार्यक्रमहरुमा महिला वडा सदस्यहरूलाई जानकारी नै नगराइने बताइन ।
‛कतिपय कुरा हामीलाई दिदिबैनि हरुले सोध्छन् के छ, कस्तो छ भनेर तर हामिलाइ पनि त्यो कुराको जानकारी भएको हुँदैन । नगरपालिकाका धेरै कार्यक्रमहरूमा महला वडा सदस्यहरूलाई बोलाइँदैन । जस्तै अस्ति मात्रै स्वास्थ्यको कार्यक्रम भयो । त्यो महत्पूर्ण थियो तर हामीलाई जानकारी गराइएन’ उनले भनिन ।
उनी जस्तै धनगढी वडा नं ३ कि दलित महिला वडा सदस्य अन्जु मगराति ९सार्की० पनि नगरपालिकामा बैठकहरूका बारेमा जानकारी नगराइने गरेको बताइन । महिला वडा सदस्यहरूलाई नगरका बैठकहरूमा बोलाउन कार्यपालिका सदस्यहरु सँग पटक पटक आग्रह गरे पनि कुरा राखी दिन्छौ भन्ने जवाफ मात्रै पाएको उनी गुनासो गर्छिन् । नगर सभामा कहिले काई पुगे पनि केही माग राख्दा सम्बोधन नहुने कारणले महिला भनेर हेपिएको महसुस हुने गरेको उनले बताइन । उनले वडा सदस्यहरूका माग सम्बोधन नभएपछि कार्यपालिका बाट जे पास भयो त्यसैमा चित्त बुझाउने गरेको उनले बताइन । नेपालको राजनीतिमा महिलाको अर्थ पूर्ण सहभागिता देखिँदैन ।
संविधानमै महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि त्यसको मापदण्ड पुरा गर्न मात्र राजनीतिक दलहरूले महिलालाई सहभागिता गराउने गरेको सुदूरपश्चिमका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीले बताइन । उनले सुदूरपश्चिममा महिलाको सहभागिता अर्थपूर्ण रूपमा हुन नसकेको प्रति चिन्ता व्यक्त गर्छिन् ।
अहिले महिला वडा सदस्यहरूको काम नगर सभा र गाउँ सभामा ताली बजाउने मात्रै हो जस्तो भएको छ उहाँहरूले उठाउनु भएका गम्भीर विषयलाई निर्वाचित अन्य जनप्रतिनिधिहरूले चासो नदिनु विडम्बना हो । उनले राजनैतिक दलहरूले आफ्ना उम्मेदवारहरूलाई प्रशिक्षण दिन आवश्यक रहेको बताउँछिन् ।