काठमाडौं, २५ पुस । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधबार उक्त सजाय सुनाएको हो ।

सन्दीपबाट थप २ लाख रुपैयाँ समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाएका छन् । परिवर्तित नाम गौशाला २६ लाई जबरजस्तीकरणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो ।

अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय