अछाम पौष २५ ।
साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले विज्ञान विषय अध्ययन गर्न ईच्छुक आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई नगरपालिका पूर्ण छात्रवृतिको व्यवस्था गर्ने बताएका बताउनु भएको छ ।
साँफेबगर नगरपालिका –१ वैजनाथमा आयोजना गरेको जनप्रतिनिधिसँग मेयर कार्यक्रममा बोल्दै उहाँले नगरका १४ वटै वडाबाट एक÷एक जना विद्यार्थीलाई अध्ययनको लागि नगरपालिका जिम्मेवारी लिन तयार रहेको बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका जिल्ला बाहिर जान नसक्ने विद्यार्थीको लागि सुर्यचन्द्र माविमा विज्ञान विषय अध्ययनको लागि नगरपालिका तयार रहेको नगर प्रमुख कुँवरले बताउनु भयो ।
पालिकास्तरमा शिक्षण सिकाई अनुदानका लागि नियुक्त गर्न भन्दै छुट्टै कोटा दिए पनि त्यसबाट पनि पदपुर्ती हुन नसकेको उनले बताए । यसको दीगो व्यवस्थापनको लागि अहिलेको लागि सुर्यचन्द्र माविमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी विज्ञान विषय अध्ययन गर्ने पाउने नगर प्रमुख कुँवरले बताउनु भयो ।
विद्यालयमा शिक्षक अभाव हुनुमा गणित विज्ञान पढेकाहरुको संख्या कम हुनु र पढेकाहरु पनि लोकसेवाको तयारीमा रहने गरेका कारणले पालिकास्तरमा पनि विज्ञान÷गणित शिक्षक नियुक्त गर्न समस्या हुने गरेको साँफेबगर शिक्षा शाखाका प्रमुख हिरादत्त भट्टको भनाई रहेको छ । विज्ञान÷गणितका शिक्षक अभाव हुँदा पढाइको गुणस्तर घट्ने गरेको उहाँले बताउनु भयो । ‘विज्ञान विषय अध्ययन गरेकासँग इजाजत पत्र हुँदैन । इजाजत पत्र भएकाहरु दुर्गम ठाउँमा आउन नमान्दा गणित, विज्ञानका शिक्षकको अभाव रहेको छ ।
यस्तै सोही कार्यक्रममा बोल्दै वडा नम्बर १ वैजनाथका अध्यक्ष नन्दबहादुर ठकुल्लाले पनि आर्थिक अवस्था कमजोर भएका विज्ञान विषय अध्ययन गर्ने चाहले २ देखि ३ जनालाई वडाले पनि निःशुल्क पढ्ने व्यवस्था बताए । जेहेन्दार विद्यार्थीलाई पढ्नबाट बन्चित नगराइने उहाँले बताउनु भयो ।
सुर्यचन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्रबहादुर शाहले विद्यालय तहबाटै नै विज्ञान विषयमा जोड दिनुपर्ने बताउनु भयो । विज्ञान विषय लिएर पढ्ने अधिकांश विद्यार्थीले भविष्यमा ठूलो डाक्टर वा इन्जिनियर बन्ने प्राविधिक विषय भएका कारण लगानि बढाउनु पर्नेमा जोड दिनु भयो । विज्ञान विषय पढेर डाक्टर वा इन्जिनियरबाहेक विज्ञानका अन्य थुप्रै विषयमा भविष्य निर्माण गर्न सकिने उहाँले बताउनु भयो ।
विद्यालय तहदेखि नै विद्यार्थीलाई गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्न सके मात्र देशमा सक्षम र दक्ष वैज्ञानिक तथा प्राविधिक मानव संसाधन उत्पादन गर्न सकिने प्रधानाध्यापक शाहले बताउनु भयो ।
उहाँका अनुसार अहिले सुर्यचन्द्र माविमा कक्षा ११ र १२ मा २६ जना विज्ञान विषय अध्ययन गरिरहेका छन् । १६ जना विद्यार्थी चौरपाटी गाउँपालिकाको सहयोगमा विज्ञान विषय निःशुल्क रुपमा अध्ययन गर्दै आएको जानकारी दिनुभयो । जनप्रतिनिधिसँग मेयर कार्यक्रममामा निवर्तमान जिल्ला समन्वय समिति सदस्य लक्ष्मि शाह, पूर्ववडा अध्यक्ष अमर शाह, वडा सदस्य लगायत सरोकारवालको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय