बैतडी । बैतडीको गोकुलेश्वरमा कुखुरा चोरीको आरोपमा ६ जना पक्राउ परेका छन्। गएराति (बिहीवार) उनीहरुले कुखुरा फर्मबाट ब्रोइलर कुखुरा र मसला चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेका मध्य चार जनालाई छोडेको र दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।

उनीहरुले कुखुरा फर्मबाट दुईवटा ब्रोइलर कुखुरा, खुर्सानी, टमाटर, अदुवा, प्याज, धनिया र मसला चोरी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। चोरीमा संलग्नको नाम भने खुलाइएको छैन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय