
बझाङ, २ माघ । बझाङमा रहेको एक घरमा आगलागी भएको छ। जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारस्थित सनम सिंह ब्यासीको कपडा र किराना पसल रहेको घरमा आगलागी भएको हो।
करेन्ट सर्ट भएर सोमबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब ६० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।