बैतडी । बैतडीमा टिप्पर दुर्घटना भएको छ। मेलौलीबाट पाटनतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ क २३९४ नम्बरको खाली टिप्पर बिहीवार बिहान मेलौलीको लामालेकमा दुर्घटना भएको हो। लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।

दुर्घटनामा चालक मेलौली नगरपालिका–१ का २४ वर्षीय गम्भीर टमटा र सहचालक मेलौली–१ कै १९ वर्षीय रोहित दयाल घाइते भएको उनले बताए। सहचालक टिप्परमुनि च्यापिएको अवस्थामा रहेकाले उद्धारका लागि जेसिबी घटनास्थल पुगेको र दुर्घटनाको कारण भने अहिले नै नखुलेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय