बैतडी, ४ माघ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पालिकाहरुले समझदारी गरेर मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन नपाउने बताएको छ । मौसमी कामदार पठाउन बैतडीका  पालिकाहरुले पनि कोरियाको एक कम्पनीसँग सम्झौता गरेका थिए ।

जल्लाको  पाटन र  मेलौली  नगरपालिकाले  मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन  एउटा निजी कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर गरेकोमा  मन्त्रालयले यो कार्य कानुन र अधिकारबाहिर भएको भन्दै सचेत गराएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पालिकाहरुलाई यसअघि नै मौसमी कामदार पठाउने सम्बन्धमा रोक लगाएको भन्दै श्रम मन्त्रालयले कामदार पठाउने सम्झौता नगर्न र गरेको भए यसले बैधता नपाउने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय