अछाम । अछामका ब्लड क्यान्सर पिडित बिराज खड्काको आर्थिक अभावका कारण उपचारमा समस्या आएको छ । जिल्ला मङ्गलसेन नगरपालिका वडा नं ११ का उनको अहिले बि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

घरको आर्थिक अवस्था निकै नाजुक भएकाले खड्काको उपचारको लागि आवश्यक खर्च  जुट्न नसक्दा समस्या भएको उनका आफन्तले बताएका छन् ।   उनको उपचारमा ६ लाख रुपैयाँ सँगै  छ महिना अस्पताल बस्नुपर्ने र हप्ता हप्तामा किमो चढाउनु पर्ने भएको हुँदा उपचार गर्न  समस्या भएकाले सक्नु हुनेले आर्थिक सहयोग गरिदिन उनका आफन्तले अपिल गरेका छन्  ।

उनलाई सहयोग गर्न चाहानेल उनको बैंक खाता नम्बर १४५०९७१६७९६०००१६ मा रकम पठाउन सक्नु हुनेछ ।  अथवा उनको मोबाइल नम्बर ९७६८३०७६१२ मा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय