डडेलधुरा । डडेलधुरामा फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ। फागुन १३ गतेदेखि १६ गतेसम्म अभियान सञ्चालन हुने भएको हो। शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराले जिल्ला सदरमुकाममा अभिमुखीकरण र बहस पैरवी गोष्ठीमा अभियानबारे जानकारी दिएको हो।
९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप दिने यस अभियानमा जिल्लाका ११ हजार ८२३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ। नियमित खोप सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र र स्वास्थ्य संस्थागरी एक सय ८० वटा खोप केन्द्रबाट खोप प्रदान गरिने स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ।




