अछाम, फाल्गुन ८ ।
अछाममा बदेँलको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन् । मंगलसेन नगरपालिका–७ को खेताडा टोलमा बस्तिमा छिरेको बदेललाइ लखेटने क्रममा आक्रमण गरेर मंगलसेन नगरपालिका ६ का राम प्रसाद भण्डारि गम्भीर घाइते भएका हुन् । भण्डारीको अनुहारमा , तिर्घामा , दुबै हात लगायत शरिका अन्य भागमा चोट लागेको छ । उनलाई जिल्ला अस्पताल अछाममा सामान्य उपचार गरेर थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा रेफर गरिएको अछाम प्रहरीले जनाएको छ ।




