अछाम, कात्तिक ६ ।
वल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र कमलबजार नगरपालिका वडा ५ नं वडा कार्यालयको समन्वय तथा आस्था नेपाल र वाक नेपालको सहयोगमा सहजिकरणमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाको सन २०२४ मा संचालित कार्यक्रमको समीक्षा र सन २०२५ मा सञ्चालन गर्ने कार्यक्रमको जानकारी सहित परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष सत्यराज तिमिल्सेनाको अध्यक्षता शुरु भएको कार्यक्रममा अथिती वडा सदस्यहरु राजनीति दलका प्रमुख एवं प्रतिनिधि बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष, प्र .अ समाज सेवि महिला स्वयम् सेबिका लागायत बाल संजालका प्रतिनिधी आस्था नेपाल र वाक नेपालका कर्मचारीको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
आस्था नेपालको बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना र वाक नेपालको एकीकृत उत्थानशिल जिबिको पार्जन पोषण परियोजना अन्तरगत सन २०२४ मा सन्चालन गरेका कार्यक्रमको प्रगति समिक्षा र सन २०२५ मा सन्चालन गर्ने कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागिहरुले आस्था नेपाल र वाक नेपालले सन्चालन गरिरहेका कार्यक्रम समुदाय स्तरमा राम्रो सकरात्मक प्रभाव रहेको छ ।
आगामि दिनमा थप कार्यक्रम लाई निरन्तरता दिनु पर्ने लगायत कार्यक्रमको प्रभावकारिता ल्याउन सम्पन्न क्रियाकलापको गुणस्तर भय नभएको कुरा अनुगमनमा जोड दिनु प्रने सहभागीले सुझाब दिएका छन । आस्था नेपाल र वाक नेपालले सन्चालन गर्ने कार्यक्रम तथा जोखिम बाल बालिकालाइ शैक्षिक सामाग्री बितरण ,लागायत जिबिको पार्जन र पोषणका क्रियाकलाप जस्ता मह्त्वपुर्ण कार्यक्रममा वडा तह बाट बजेट साझेदारी गरि आगामी दिनमा थप प्रभावकारी बनाइ बाल बालिकामा स्वस्थ्य सुपोषित बनाइ बाल समृद्धि ल्याउन सहयोग गर्ने प्रतिबद्धता सहित परियोजनाले सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय वडा तहले गर्ने सम्पुर्ण काममा सहयोग दिने कुरा जानकारी सहित वडा अध्यक्षले कार्यक्रम समापन गर्नु भएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही र वाक नेपालको तर्फबाट पुरन चलाउनेले गर्नु भएको कार्यक्रमको सञ्चालन आस्था नेपालका जीवन नेपालीले गर्नु भएको थियो ।