हिक्मत बहादुर नेपाली
अछाम, कात्तिक ०६ ।
अछाममा प्रहरी माथी हातपात भएको छ । कात्तिक ४ गते साँझ ८ बजेर २० मिनेट जाँदा इलाका प्रहरी कार्यालय बिनायकबाट प्रहरी सहायक निरीक्षक बिर सिंह चैसिरको कमाण्डमा खटिएको प्रहरी टोलि नियमित गस्ती गर्दै जाने क्रममा प्रहरी माथी हातपात भएको हो ।
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं.१ बजार स्थित सडक खण्डमा पञ्चदेवल बिनायक नगरपालिका ४ का १९ बर्षिय बिमल शाही, २१ बर्षिय भुपेन्द्र शाही , १९ बर्षिय प्रकाश बि.क. अन्दाजी १८ बर्षिय बखत शाही र सोही पालिकाको वडा नं.१ बस्ने अन्दाजी १८ बर्षिय हितेश तिमिल्सेनाले मादक पदार्थ सेवन गरि नियमित डिउटी गरिराखेको अवस्थामा प्र.स.नि. बिर सिंह चैसिर सँग हात पात तथा अभद्र ब्यवहार गरेको अछाम प्रहरीले बताएको छ।
साथै अर्का डिउटिमा खटिएका प्रहरी जवान तपेन्द्र बहादुर थापाको साथमा रहेको सेतो रङगको IPHONE XR मोबाईल समेत तोडफोड तथा हातपात गरि डिउटिमा बाधा अबरोध पु¥याई सोहि स्थानमा रहेको अस्थाई प्रहरी पोष्टलाई ढुङगा मुढाले हानि उक्त पोष्ट समेत पल्टाई भागि फरार भएका थिए । फरार भएका मध्ये हितेश तिमिल्सेना र बखत शाहीलाई आज पञ्चदेवल बजार स्थितबाट पक्राउ गरि जिल्ला प्रशासन कार्यालय अछामबाट मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ को दफा ६६ बमोजिमको कसुर मुद्दामा १० दिने म्याद थप अनुमति भई अनुसन्धान कार्य भईरहेको छ । फरार अन्य प्रतिवादीहरुको समेत खोजतलाश कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अछाम प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।
ADVERTISEMENT