हिक्मत बहादुर नेपाली
अछाम, कात्तिक ९ ।
अछाम क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य पुष्प बहादुर शाहले बेतन कर्णाली जलविद्युत आयोजान निर्माणको काम कुनैपनि बहानामा रोक्न नहुने बताउनु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नंः ६ को कार्यालय ढुंङ्गाचाल्नामा बेतन कर्णाली जलविद्युत आयोजना सम्बन्धि अन्तक्रिर्या कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
हाम्रो पानी हाम्रो लगानी ,छिटो बनोस् बेतन कर्णाली भन्ने मुल मन्त्र सहित बेतन कर्णाली जनताको चासो हाम्रो सरोकार सहितको ब्यानरमा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य शाहले बेतन कर्णाली जलविद्युत आयोजना निर्माण कार्यलाई अगाडि बढाउन सदन, सरकार र सम्बन्धित सबै निकायमा पहल गरिरहेको बताउनु भयो ।
प्रमुख अतिथीको आशन बाट बोल्दै शाहले आयोजनाको काम छिट्टै सुरु हुनेमा आफु बिश्वस्त रहेको र स्थानीय जनताते उठाउनु भएको कुरामा आफ्नो हदैसम्मको साथ रहेको उहाँको भनाई थियो । जलविद्युत आयोजनाको काम पछिल्लो समयमा सुस्तायको मा स्थानीय आक्रोसित भएका छन । निर्माण कार्यको संचालन तत्काल सुरुवात र प्रभावित क्षेत्रका जग्गाधनी जनताहरु लाई मुवाब्जा वितरण नभए आवश्यक आन्दोलनका कार्यक्रम संचालन गर्ने मनस्थितिमा रहेको बताएका छन् ।
आफ्नो नामको जग्गाको कारोबार समेत रोक्का भएकाले आफुहरुलाई अन्यायपूर्ण विभेद भएको उनिहरुको गुनासो थियो । यसको तत्काल निर्माण कार्य सुरु हुनुपर्नेमा स्थानीय बासिले जोड दिएका छन् । निर्माण नभए राष्ट्रिय स्तर सम्मै कडा आन्दोलन हुने चेतावनी समेत सरोकार समितिका अध्यक्ष विष्णु शाहीले दिएका छन् । जलविद्युत आयोजनाको निर्माण र संचालमा संम्बनधीत निकायको ध्यानाकर्षण हुन खबरदारी समेत स्थानीय बासिले गरेका छन ।
ढकारी गाउँ पालिका वडा नंः ६ का वडा अध्यक्ष प्रकाश बहादुर थापाको अध्यक्षताम भएको कार्यक्रममा ढकारी गाउँ पालिकाका अध्यक्ष प्रकाश बहादुर साउद, तुर्माखांद गाउँ पालिकाका निवर्तमान अध्यक्ष पुष्पराज शर्मा, ढकारी गाउँ पालिकाका उपाध्यक्ष नेत्रकला शाही, जिल्ला समन्वय समिति अछामका सदस्य दवारिका प्रसाद उपाध्याय, नेपाली कांग्रेस अछामका नेता बलबहादुर कुवर, पदमराज अधिकारी, लक्षमण शाह, नेकपा एमाले जिल्ला कमिटी सदस्य टोपबहादुर शाही, नेकपा माओवादी अछामका नेता तुलाराम उपाध्याय, नेकपा समाजवीदी अछामका नेता नवराज साउद, नेकपा विप्लव अछामका नेता निरक शाही, नेपाली कांग्रेस अछामका युवा नेता जनक भण्डारी, नेपाल तरुण दल अछामका अध्यक्ष रमेश विष्ट जंगी, नेपाल किसान संघका केन्द्रीय सदस्य कृष्ण देवकोटा, पत्रकार लगायत स्थानीय राजनीतिक दलका प्रमुख प्रतिनिधी, वर्तमान तथा पुर्व जनप्रतिनिधि, स्थानीय सरोकारवाला शिक्षक बुद्धिजीवी,समाज सेवी युवा तथा स्थानीय सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कर्ण बहादुर बुढाको स्वागत मन्तव्य बाट सुरुवात भएको बृहत् अन्तरक्रिया कार्यक्रमको संचालन वेतन कर्णाली सरोकार समितिका सचिव देबेन्द्र  बुढाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय