विनायक बजारमा एक व्यापारिले म्याद नाघेका खाद्यपदार्थ मध्यपहाडी सडक किनारमा फाल्दा त्यसले बालबालिकाको स्वास्थ्यमा जोखिम निम्त्याउने खतरा बढेको छ। फालिएका ती खाद्यपदार्थमा स-साना केटाकेटीहरु आकर्षित भई ती सामान टिप्ने गरेका छन्, जसका कारण उनीहरुको स्वास्थ्यमा असर पर्न सक्ने स्थानीयको चिन्ता छ। उक्त सामान रेजिना जनरल स्टोर, विनायकको भएको बुझिएको छ। रेजिना जनरल स्टोरका सञ्चालक जगतराज तिमिल्सैना, जो मालिका माध्यमिक विद्यालय, बारलाका स्थायी शिक्षक हुनुहुन्छ, उहाँले म्याद नाघेका सामानको उचित व्यवस्थापन नगरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। उनीहरूको स्वास्थ्यमा कुनै असर परेमा यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठेको छ। स्थानीय बासिन्दाले खाद्य सुरक्षा तथा बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै म्याद नाघेका वस्तुको व्यवस्थापनमा ध्यान दिनुपर्ने र यस्ता घटना दोहोरिन नदिन कदम चाल्नुपर्ने माग गरेका छन्। जिम्मेवार निकाय र सञ्चालकको ध्यानाकर्षण गराउँदै उनीहरूले उचित व्यवस्थापनको सुनिश्चितता गरिदिन आग्रह गरेका छन्, ताकि भविष्यमा यस्ता समस्या नआउन।
ADVERTISEMENT