हिक्मत बहादुर नेपाली
अछाम कात्तिक २० ।
कमलबजार नगरपालिका वडा नं ५ कुईका स्थित तिहारका अवसरमा खेलेको देउसी भैलो कार्यक्रम बाट संकलित रकम  क्यान्सर पिडित नैने बिक लाई हस्तान्तरण गरिएको छ । गाउँका बुद्धिजिवि,कर्मचारी, शिक्षक बालवालिका,दिदिबहिनी दाजुभाईहरुले संयुक्त रुपमा खेलेको देउसी भैलो बाट संकलित रकम मध्ये १५ हजार रकम बिक लाई हस्तान्तरण गरिएको हो । सोहि वडा निवासी विक विगत लामो समय देखी क्यान्सर पिडित रहि उपचार गरिरहेकोले उनको उपचारमा सघाउ पुगोस भन्ने उदेश्यले उनलाई सहयोग हस्तान्तरण गरिएको वडा वध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनुभयो ।
वडामा खेलिएको देउसीभैलो बाट संकलित रकम मध्य खर्च भएर बचत भएको १५ हजार कमलबजार नगरपालिका वडा नं ५ घट्टेखोला निवासी क्यान्सर पिडित नैने बि क लाई उपचारको निम्ति आज उनको घरमै गएर हस्तान्तरण गरिएको छ । दुबै खुट्टामा क्यान्सर लागेर थला परेका विकको उपचारका लागि सहयोग गरिदिन वडा अध्यक्ष तिमिल्सैना अपिल समेत गरेका छन ।
हिजो पर्यटकीय क्षेत्र चनेनीमा वनभोज कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्दे देउसी भैलो कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय