अछाम, कार्तिक २१ ।
लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला यस बर्ष २०८१ कार्तिक २१ गते बाट शुरु भएको छ ।
कार्तिक शुक्ल पञ्चमी देखि चतुर्दशी सम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको जात्रा’ नामले पुकारने गरिन्छ ।
अछामको कमलबजार नगरपालिका–७, जामा गाउँमा लाग्ने यस मेलाले छुट्टै महत्व बोकेको छ ! लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताले धेवर लगाई त्रयोदशीका दिन खला नाच्ने भनिन्छ तिन तले ठुला घर बाट छडाल देवताले पानी खाने र बाघ बिरालो हुने गरिन्छ अर्थात खला जात्रा गरिन्छ ।
यसवर्ष तिथिको घटबढको कारण कार्तिक २८ गते खला नाच्ने र २९ गते केदार माडुँमा हुम गरिने छ ! छणाल देवताको पुजा भने ३० गते पुर्णिामाको दिन हुने भयको छ। अछामको एक मात्र डोटेली संस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलाली समेतबाट दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।
केदारनाथ देवताको पूजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने धार्मीक एवम ऐतिहासिक विश्वास रहिआएको पाईन्छ ! गाउ बाट बाहिर गएका अध्यन र रोजगारीको जिल्ला बाहिर रहेका हरु जामा गाउमा फर्किने क्रम सुरु भयको छ। यस वरि परिका गाउमा दशै तिहार भन्दा बढी महत्त्व केदार मेला लाइ दिने गरिन्छ।।केदारको जात भाइबिनाको भेट भनेर पनि पुकारिन्छ।।हिउद सुरु हुने देश प्रदेश र अन्यत्र जानेहरु पनि केदार मेला पछि नै जाने गर्ने भयकोले यस मेला लाइ महत्त्वपूर्ण मानिन्छ। सुद्द शाकाहारी देवता भएकोले दुध र घ्युको प्रसाद ग्रहण गर्ने सायद अछाममा केदार देवता मात्र भयको बुझिन्छ।।
सोहि दिन डोटी, बड्डि केदारनाथ र कैलाली, बर्दगोरीया १ कट्टिपुरमा पनी संस्कृतिक तथा धार्मिक मेला लाग्ने गर्दछ!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय