हिक्मत बहादुर नेपाली
अछाम, मंसिर १८ ।
अछाममा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । जिल्लाको साफेबगर नगरपालिका वडा नं ७ रिडिकोट बाट पक्राउ परेका हुन । पक्राउ पर्नेमा टक्कर के.सी.का ३३ बर्षिय छोरा कुबेर के.सी. रहेका छन । उनको घरको छानामाथी राखेको अवस्थामा एक थान भरुवा बन्दुक सहित केसी पक्राउ परेको अछाम प्रहरीले बताएको छ । गए राति के.सि. लाई उनकै घरमै रहेको अस्थामा प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनु भयो ।
ADVERTISEMENT