अछाम, मंसिर २२ ।
पालिका स्तरिय स्थानीय बाल अधिकार समितीको बैठक कमलबजारमा आज सम्पन्न भएको छ। कमलबजार नगरपालिकाको समन्वय साझेदारी तथा पालिका स्तरीय बाल अधिकार समितीको आयोजना र आस्था नेपाल वल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग सहजिकरणमा स्थानीय बाल अधिकार समितीको बैठक सम्पन्न भएको हो।
स्थानीय बाल अधिकार समिती सयोजक तथा नगर उप प्रमुख शारदा कुमारी बिष्ट कुवरको अध्यक्षतामा र नगरप्रमुख यज्ञ प्रसाद ढकाल को प्रमुख आथित्यमा शुरु भएको थियो । उक्त कार्यक्रममा पालिका भित्रका विभिन्न वडाका वडा अध्यक्ष, नि.प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यलय प्रमुख पालिका स्तरका बिषय गत शाखा प्रमुख एबम प्रतिनिधि पत्रकार, आस्था नेपालका कर्मचारी नगर बाल संजाल अध्यक्ष लगायतका सहभागीहरुको उपस्थितमा बैठक सन्चालन भएको थियो ।
बैठकमा स्थानीय बाल अधिकार समितीको काम कर्तव्य भुमिका , बाल बालिकामा लगानी , बाल संरक्षणमा स्थानिय सरकार र सरोकार वाला निकायको भुमिका सम्बन्धी छल्फल गरियको थियो । साथै जोखिम बाल बालिकाको पहिचान गरि विभिन्न निकायमा आब्श्यक सहयोग शहकार्य गर्नका लागि जोखिम बालबालिकाको तथ्यांक ब्यबस्थापन गरि सहयोग गर्ने लगायत घटना बयबस्थापक लाई वडा स्तरमा परिचाल्न गरि समग्र बाल बालिकाको बाल समृद्धि तथा बाल बिकासमा टेवा पुर्याउन सहयोग गर्नुपर्ने कुराको जानकारी सहित समीक्षा गरिएको थियो । जोखिम बालबालिका लाई सहयोग पुग्ने उद्श्यले पालिका स्तरमा संचालित बाल कोष लाई नियमित तथा निरन्तर गर्न र बाल कोष कार्य विधि लाई आवश्यक्तामा आधारित रहेर कार्यबिधी परिमार्जन गरि वडा स्तरमा पनि वडाले कोष स्थापन गरि सन्चालन गर्न सकिने कुराको छलफल गरिएको थियो ।
आजको बैठक बाट पालिका स्तरमा अति जोखिममा रहेका २७ जना आमा बुबा नभयका तथा आर्थिक अबस्था कमजोर भएका बिपन्न बाल बालिका मध्य ५ जना बाल बालिका लाई प्रती बाल बालिका ५ हजार का दरले र बाकी २२ जना बाल बालिकालाई प्रती बाल बालिका ३ हजार गरि जम्मा ९१ हजार रुपैया पालिकाको बाल कोषबाट सहयोग गर्ने निणय गरि बैठक सम्पन्न गरिएको थियो । उक्त बैठको सहजीकरण आस्था नेपालका कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला र फिल्ड अधिकृत दिल बहादुर शाही ले गर्नु भएको कार्यक्रमको सन्चालन दिल बहादुर शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय