कमलबजार, मंसिर २२ ।
अपांगता परिचयपत्र बितरण तथा आबश्यक सहायता सामाग्री पहिचानका लागि स्वस्थ्य परिक्षण शिबिर कार्यक्रम आज कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाको समन्वय सहयोग साझेदारि र आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग सहजीकरण र प्राथमिक स्वस्थ्य केन्द्र कमलबजारको आयोजनामा अपाङ्ता परिचय पत्र बितरण तथा आवश्यक सहायता सामाग्री पहिचानका लागि स्वस्थ्य परिक्षण शिबिर कार्यक्रम सम्पन्न गरिएको हो । हिजो मंसिर २१ गते पालिकाको अपाङता परिचय पत्र बितरण समिती सयोजक एबं नगर उप प्रमुख शारदा कुमारी बिष्ट कुवरको अध्यक्षता र नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आथित्यमा एक औपचारिक कार्यक्रम गरि सिबिरको उद्घाटन गरियको थियो । उक्त कार्यक्रममा विभिन्न अवस्था का ८६ जना अपांगता भएका ब्याक्तिहरुको स्वस्थ्य परिक्षण गरिएको थियो भने ती मध्य ८ जना ब्याक्तिहरुको आवश्यकता आधारित अपाङ्गता सम्बन्धी परिचयपत्र लियका छ्न भने बाकी अन्य ४३ जना ब्याक्तीहरुले पनि सामान्य चेक जाच गरि १२९ जना सेवा ग्राहिले प्रत्यक्ष रुपमा सेवा लिएका छ्न । कार्यक्रम हिजो र आज गरि २ दिन सम्म सन्चालन गरियको थियो । उक्त कार्यक्रममा नगर प्रमुख ले यो सिबिर अपाङ्गता रहेका ब्याक्तीहरुलाई सेवा दिने र उनिहरुको केही सहयाता आबश्यक सामाग्री को पहिचान हुने महत्त्वपूर्ण सिविर सन्चालन मा आर्थिक सहयोग गरेकोमा आस्था नेपाल वल्ड भिजन लाई धेरै धेरै धन्यवाद दिनुको साथै पालिकाले गर्ने साथ सहयोग साझेदारिमा सदैब नगर सरकार तयार रहेको जानकारी सहित प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । नगर उप प्रमुखले यो सिबिर लाई सबै अपाङता भएका ब्याक्तीहरु लाई सेवा दिने कुरामा सबैलाइ सहयोग गरि सिबिर लाइ सफल बनाउनु पर्ने कुरामा जोड दिन आग्रह गर्नु भएको थियो।
उक्त सिबिर मा कोहलपुर मेडिकल कलेजका सि अडियोलोजी पुर्ण देब पुरी बयालपाटा हस्पिटलका हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डा. मन्दिप पाठक नेत्र रोग सम्बन्धी नवीन चलाउने र प्राथमिक स्वास्थ्य चौकी कमलबजारका डा सुदिप कुमार यादबले सेवा दिनु भयको थियो ।
ADVERTISEMENT