हिक्मत बहादुर नेपाली

कमलबजार, मंसिर २२ ।
हामी सबैको प्रतिवद्वता लैंगिक हिंसा अन्त्यको लागि एक्यवद्धता भन्ने नाराका साथ नोवेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विभिन्न कार्यक्रम गरि मनाईदैछ । यसै सन्दर्भमा कमलबजार नगरपालिकाको आयोजना तथा सम विकास नेपालको सहआयोजनामा अछाम जिल्ला स्थित अन्तरपालिका स्तरीय महिला भलिबल खेल प्रतियोगिता २०८१ को आज एक कार्यक्रम विच उद्घाटन गरिएको छ ।
कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि अछाम निर्वाचन क्षेत्र नं २(क)प्रदेश सभा सदस्य अक्कल बहादुर रावल रहनु भएको थियो ।
कार्यक्रममा अछामका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख,वडा अध्यक्ष , प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, जिल्ला स्थित विभित्र राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार , खेलाडी लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा बोल्न अधिकांश वक्ताले महिलाको शसक्तिकरणका लागि खेलकुद क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड थियोे । लैंगिक हिंसा विरुद्धमा आयोजना गरिएको महिला भलिबल प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन लोकेन्द्र कुमार चलाउनेले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय