टेक बहादुर थापा
अछाम माघ ०४ ।
अछाम जेसिज बर्ष २०२५ का पदाधिकारीको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि नयाँ कार्य समितिलाई सपथ ग्रहण गराई पदस्थापना गरिएको हो । अछाम जेसिज वर्ष २०२४ का अध्यक्ष फलेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर प्रमुख बोहराले जेसीजले संचालन गरेका सकारात्मक कार्यबाट आफू प्रभावित भएको बताउनुभएको छ । अछाम जिल्लामा स्थापना भएको छोटो समयमै जेसिजले धेरै राम्रो काम गरेकाले आगामी दिनमा रचनात्मक र सृजनात्मक कार्य संचालन गर्न सुझाव दिनुभएको छ । युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्न जेसीजले अग्रणी भूमिका खेलेको भन्दै यस्तै सकारात्मक सोचका साथ समुन्नत समाज निर्माण गर्न आग्रह गर्नुभएको थियोे । कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बिसीले अछाम जेसीजले संचालन गरेका सकारात्मक कार्यमा आफ्नो सधै सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ । अध्यक्ष बिसीले जेसीज बाट राजनीतिक दलहरूले पनि केही कुरा सिक्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, कमलबजार नगरपालिका उप प्रमुख सारदा बिष्ट कुवर, तुर्माखाद गाउँपालिका उपाध्यक्ष बीमला शाही, अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारी, मंगलसेन नगरपालिका वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट, बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाही, बर्ष २०२० का अध्यक्ष तुलाराम बिसी, बर्ष २०२३ का अध्यक्ष टेक बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष मनकला न्यौपानेले आस्था पाठ वाचन गर्नुभएको थियोे भने स्वागत मन्तव्य कोषाध्यक्ष कमल कुमार रावलले गर्नुभएको थियोे । कार्यक्रमको संचालन बर्ष २०२४ महासचिव झनक अधिकारी र बर्ष २०२५ का महासचिव हिक्मत बहादुर नेपालीले गर्नुभएको थियोे । शुभकामना मन्तव्य राख्ने कार्यक्रमको अध्यक्षता बर्ष २०२५ का निर्वाचित अध्यक्ष जितमान बोहराले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय