हिक्मत बहादुर नेपाली
अछाम माघ ८ ।
कलाकार जनक साउद (अछामी माग्ने बुढा)ले सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा रहेका विभिन्न पर्यटकिय स्थल चिनाउन सांकेतिक अभियान थालनी गरेका छन । हिजो सिंहदरवार अगाडी यस क्षेत्रका पर्यटकिय स्थलका नाम लेखिएका पर्चा/पम्पेलेट पर्दशन गरि आरम्भ गरेको अभियान निरन्तर जारी रहने साँउदले कमलबजार दैनिक लाई जानकारी गराउनु भयो । सिंहदरवार अगाडी अभिएर रामारोशन खप्तड बडिमालिका अपी सैपाल शैलेश्वरी राराताल लगायतका पर्यटकिय स्थलका नाम लेखिएका पम्पेलेट पर्दशन गरिरहेको वेला प्रहरीले केहि समय सोधपुछका लागी समेत लगेको थियो । निषेधित क्षेत्र भएकाले प्रहरीले प्रकाउ गरि लिएको बताईएको छ ।
आफुले पर्यटन प्रर्वद्धनका लागी र आफ्नो क्षेत्रलाई चिनाउनका लागि सो कार्य प्रस्ट राखेपछी प्रहरीले छोडेको साउदले बताउनु भयो । हाम्रा पर्यटकिय स्थल रातो अर्थात खतरामा छन त्यसैले सरकारले संरक्षण संगै प्रचारप्रसारमा ध्यानदिनुपर्ने साउदको भनाई छ ।





