
अछाम माघ २१ ।
अछामका दुई घरमा आगलागी भएको छ । जिल्लाको कमलबजार नगरपालिका–६ चडेपानीका भीमबहादुर शाहीको कच्चि घरमा शनिवार राती ११ः५० बजेको समयमा आगलागी भएको हो। रातिको समयमा कोठामा ताप्न भनि बालिएको आगोबाट शाहीको घरमा आगलागी भएको प्रहरीले जनाइएको छ । उक्त आगलागीबाट शाहीको ६ लाख ५० हजार बराबरको क्षति भएको बताइन्छ । त्यस्तै अछामकै मेल्लेख गाउँपालिका–५ सरानीकी रुपादेवी खड्काको कच्चि घरमा हिजो आइतवार आगलागी भएको प्रहरीले जनाएको छ । रुपादेवीका १० वर्षीय छोरा रमित खड्काले चलाएको लाइटरबाट आगलागी भएको बताइन्छ। उक्त आगलागीबाट खड्काको एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । source nayasandesh