
हिक्मत बहादुर नेपाली
अछाम माघ २६ ।
पेन्सन बञ्चित शिक्षक संघर्ष समितिको भेला विभिन्न निर्णय गर्दै कमलबजारमा सम्पन्न भएको छ ।
भेलाले सरकारले ल्याएको विधेयकको विरोध गर्दै पेन्सन वञ्चित शिक्षकका माग सम्बोधन गराउन पालिका भित्र विभिन्न विद्यालयमा कार्यरत शिक्षकको उपस्थितिमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । माधव प्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
पेन्सन बञ्चित शिक्षक संघर्ष समितिले नेपाल सरकारले पौष २९ गते जारी गरेको निवृत्तभरण ऐन सरकारको सिफारिसमा स्वीकृत भएकोले अध्यादेशको विरोध गर्दै खारेजीको माग गरिएको छ।
यस्तै अस्थायी सेवा अवधि निवृत्तभरणका लागि गणना गरिनुपर्ने, निजामती सरह समान ग्रेड कायम गरिनुपर्ने, प्रत्येक ५/५ बर्षमा बढुवा गरिनुपर्ने ,प्रधानाध्यापकको भत्ता समयानुकूल हुनुपर्ने तथा शिक्षा ऐन २०२८ नियमावली २०५९ अनुसार स्थायी शिक्षक लाई सोही अनुसार निवृत्तभरण हुनुपर्ने लगायतका आफ्ना माग माग सम्बोधन गराउन केन्द्रीय समितिको सर्कुलर अनुसार विभित्र चरणमा आन्दोलन गर्ने निर्णय समेत समितिले गरेको छ ।