हिक्मत बहादुर नेपाली
अछाम बैशाख २२ ।
अछामको कमलबजारमा दुई दिने आँखा शिविरको आज उद्घाटन भएको छ । अछाम क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य पुष्प बहादुर शाहले एक कार्यक्रमका विच उद्घाटन गर्नु भयो । शिविरको उद्धाटन गर्दै प्रतिनिधी सभा सदस्य शाहले शिविरले आँखा सम्बन्धी समस्या भएका स्थानीय नागरिकलाई फाईदा पुग्ने बताउनु भयो । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौं, नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल कैलालीको आयोजना र कमलबजार नगरपालिका अछामको सहजिकरणमा शिविर सञ्चालन भईरहेको छ । शिविर भोली सम्म सञ्चालन हुनेछ । आँखा शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र गेटा आँखा अस्पताल बाट आएका आँखा सम्बन्धी बिशेषज्ञ द्धारा आँखाको मोति विन्दुको निःशुल्क अप्रेशन लगायत आँखामा समस्या भएका व्यक्तिहरुको उपचार समेत गरिने आयोजकले जानकारी दिएको छ । कमलबजार बहुमुखी क्याम्पस कमलबजार अछाममा सञ्चालित भईरहेको शिविरमा सेवा लिन आएका कमलबजार नगरपालिका वडा नं ९ का ईन्द्र रावतले घर आगनमै आँखा सम्बन्धी बिशेषज्ञ सेवा लिन पाउदा खुसी भएको बताउनु भयो । कमलबजार नगरपालिका वडा नं २ बजुडाकी स्थानीय मन्सरा नेपालीले आँखामा एक बर्ष देखी समस्या आएको र आर्थीक अभावले जिल्ला बाहिर उपचार गराउन जान नसकेको अवस्थामा शिविरमा उपचार गराउन पाउदा आफुलाई खुशी लागेको बताउनु भयो । यस्तै कमलबजार नगरपालिका वडा नं ६ का भक्तराज ढकालले शिविरमा आँखाको उपचार गराउन पाउदा खुसीले दंग भएको बताउदैं आयोजक लाई धन्यवाद व्यक्त गर्नु भयो ।
ADVERTISEMENT