हिक्मत बहादुर नेपाली
अछाम, बैशाख २३ ।
कमलबजारमा आज सम्पन्न दुई दिने आँखा शिविरमा ४ सय ९१ जनाले लिए सेवा लिएका छन । हिजो र आज गरि दुई दिन सञ्चालन भएको शिविर बाट २ सय४३ पुरूष र २ सय ४८ महिला गरि जम्मा ४सय ९१ जनाले आँखा सम्बन्धी स्वास्थ सेवा लिएका शहरी आँखा केन्द्र कमलबजारका फिल्ड वर्कर खगेन्द्र उपाध्यायले जानकारी दिनु भयो ।
कमलबजार नगरपालिका र विभिन्न छिमेकी पालिकाका नागरीक संगैं अन्य राष्ट्र सेवक कर्मचारी सहित स्थानीयको व्यापक जनसहभागीता रहेको शिविरमा ३० पुरूष, ३२ महिला र एक बालक गरी ६३ जनाको मोतिबिन्दुको सफल अप्रेसन भएको उपाध्यायले बताउनु भयो ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौं, नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल कैलालीको आयोजना र सहरी आँखा केन्द्र कमलबजार तथा कमलबजार नगरपालिका अछामको सहजिकरणमा शिविर सञ्चालन भएको हो । आँखा शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र गेटा आँखा अस्पताल बाट आएका आँखा सम्बन्धी बिशेषज्ञ द्धारा आँखाको मोति विन्दुको निःशुल्क अप्रेशन लगायत आँखामा समस्या भएका व्यक्तिहरुको उपचार गरिएको छ ।
कमलबजार बहुमुखी क्याम्पस कमलबजार अछाममा सञ्चालित भईरहेको शिविरमा सेवा लिन आएका कमलबजार नगरपालिका वडा नं ९ का ईन्द्र रावतले घर आगनमै आँखा सम्बन्धी बिशेषज्ञ सेवा लिन पाउदा खुसी भएको बताउनु भयो । कमलबजार नगरपालिका वडा नं २ बजुडाकी स्थानीय मन्सरा नेपालीले आँखामा एक बर्ष देखी समस्या आएको र आर्थीक अभावले जिल्ला बाहिर उपचार गराउन जान नसकेको अवस्थामा शिविरमा उपचार गराउन पाउदा आफुलाई खुशी लागेको बताउनु भयो । यस्तै कमलबजार नगरपालिका वडा नं ६ का भक्तराज ढकालले शिविरमा आँखाको उपचार गराउन पाउदा खुसीले दंग भएको बताउदैं आयोजक लाई धन्यवाद व्यक्त गर्नु भयो ।