हिक्मत बहादुर नेपाली
कमलबजार, जेठ ८ ।
अधिकांश विकासे योजनामा विनियोजित बजेट कार्यान्वयनको चरणका क्रममा प्राविधिक ईष्टमेट अनुसार काम नभएको भन्ने गुनासो आउछ तर यसका बाबजुद कमलबजार नगरपालिका वडा नं २ बजुडामा भने ७ लाख मात्र विनियोजित भएको योजनामा १५ लाख बराबरको काम गरेको पाईए पछि उपभोक्ता समितिलाई अनुगमनका क्रममा धन्यवाद व्यक्त गरिएको छ । गोदाखोला बण्डालीको मन्दिर निर्माणको लागि कमलबजार नगरपालिका वडा नं २ बजुडाको वडा कार्यालयले आव २०८१/८२ मा ७ लाख बिनियोजन गरेको थियोे । सो कार्यान्वयन गर्ने क्रममा उपभोक्ता समितिले श्रमदान समेत गरेर १५ लाख भन्दा बढीको काम गरेको अनुगमनका क्रममा अनुगमन समितिका पदाधिकारी र प्राविधिकले बताएका छन ।
आज अनुगमन समितिका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गरेको अनुगमन समितिका सदस्य नृप बहादुर बोहरा तथा कमलबजार नगरपालिकाका पुर्वाधार शाखा प्रमुख अम्वेश्वरी कुँवर र योजना शाखा प्रमुख विरेन्द्र तिमिल्सैनाले उपभोक्ता समितिका अध्यक्ष मोती बिक र डबल बहादुर बिक लाई धन्यवाद व्यक्त गर्नुभयो । बिकले अनुगमनका क्रममा आफुले गरेको कामको मुल्यांकन हुने र थप गोदाखोला बण्डालीकोमा पुर्वाधार विकासका लागि सहयोग प्राप्त हुने अपेक्षा राख्नु भयो ।
