हिक्मत बहादुर नेपाली
अछाम जेठ १३ ।
कमलबजार नगरपालिका वडा नं ३ बयालामा ग र घ बर्गका अपांगता भएका १४ जना लाई आर्थिक सहायता प्रदान गरिएको छ । वडाको आ.ब २०८१÷८२ को ग र घ वर्गको अपाङ्गता भएका एवं घातक रोग लागेका व्यक्तिलाई लाई आर्थिक सहायता कार्यक्रम एवम अपांग लक्षित बजेट बाट वडाका ग वर्गका ४ जना , घ बर्गका ७ जना र घातक रोग लागेका ३ जना गरि १४ जना लाई आज एक कार्यक्रमका विच वडा अध्यक्ष नन्द सिंह कँवरले सहयोग हस्तान्तरण गरेको वडा सचिब विरेन्द्र भण्डारीले बताउनु भयो ।
कार्यपालिकाबाट निर्णय गरि ग वर्गलाई ४८०० घ वर्गलाई ३६०० र वाकी ३ जनालाई ४/४ हजारका दरले वितरण गरिएको हो । जसमा २ जना प्यारालाईसिस रोग ग्रस्त र १ जना करेन्ट लागेर घाईते भयको लाई आर्थिक सहायता वितरण गरिएको हो । आर्थिक सहायताका लागी वडाले ६० हजार वजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय