हिक्मत बहादुर नेपाली
अछाम जेठ १५ ।
१९ औं जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा यहि जेठ २३ गते अछामको कमलबजारमा वृहत जागरण सभा हुने भएको छ । सोहि सभा सम्पन्न गर्न आज कमलबजारमा तयारी बैठक विभिन्न निर्णय गदैं सम्पन्न भएको छ ।
कमलबजार दलित एकता समाज अछामका अध्यक्ष मिलन नेपालीको अध्यक्षतामा भएको बैठकमा कार्यसमितीका पदाधिकारी संगैं आमन्त्रितमा जिल्ला समन्वय समितिका सदस्य प्रनार्थ विश्वकर्मा कमलबजार नगरपालिका वडा नं २ का अध्यक्ष दिर्घा टमट्टा लगायत दलित समुदाय बाट प्रतिनिधित्व गर्ने शिक्षक समाजसेवी पत्रकार लगायतको सहभागीता रहेको थियो ।
आजको बैठकले २३ गतेको कार्यक्रम लाई सम्पन्न गर्न मिलन नेपालीको संयोजकत्वमा ७ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको छ । कार्यक्रम सफल गर्न प्रचारप्रसार लाई व्यापक बनाउदै अछामका विभिन्न ठाँउ बाट बाजागाजा ¥याली सहित धुमधामकाम साथ १९ औं जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा वृहत जागरण सभा गरिने निर्णय गरिएको छ । दलितका लागी दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारको प्रमुख आथित्यतामा तपसिलको मिति स्थान र समययमा सम्पन्न हुन गईरहेको वृहत जागरण सभामा सम्पुर्ण अछामबासी आमा बुवा तथा दिदीबहिनीहरुको गरिमामय उपस्थितीका लागी हार्दिक अपिल गरिएको छ ।आजको बैठकको संचालन समाजका सचिब हिक्मत बहादुर नेपालीले गर्नु भएको थियो । आउदो जेठ २३ गते शुक्रबार कमलबजार अछाम हुने कार्यक्रम सम्बन्धी थप जानकारीका लागी अध्यक्ष मिलन नेपालीको सम्पर्क नं ९८६६०६९७५४ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय