अछाममा मनाईयो १९ औं अ जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस
हिक्मत बहादुर नेपाली
अछाम जेठ २१ ।
अछामको पञ्चदेवल विनायक नगरपालिकामा १९ औं जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा नगरपालिका स्तरीय अन्तर माद्यामिक विद्यालय वक्तित्वकला प्रतियोगिता आयोजना गरि मनाईएको छ ।
संविधानमा दलित अधिकार र कार्यान्वयनको अवस्था विषयक वक्तित्वकला प्रतियोगितामा पालिका भित्रका ६ माद्यामिक विद्यालयको सहभागीता रहेको थियोे । पञ्चदेवल विनायक नगरपालिकाकाको आर्थिक सहयोगमा सिर्जनशील बचत तथा ऋण  सहकारी संस्थाले आयोजना गरेको कार्यक्रम विद्या मन्दिर नमुना मावि विनायकको प्राङ्गणमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय