२०८२ जेष्ठ २२,
नेपालको पहिलो स्माट सटिफिकेट प्राप्त पहिलो बित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर बर्दियाले एक कार्यक्रमको आयोजना गरि समूह सदस्यलाई ग्राहक संरक्षण कोष अन्तर्गत किरीया खर्च प्रदान गरेको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं ०३ माेरैया गाँउ बस्ने सुन्तली चाैधरीलाई किरिया खर्च प्रदान गरेको हो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा. गोपाल दहितका अनुसार सदस्यले ऋण लिए बाफत श्रीमानको रु १०० को एक वर्षको बिमा गर्दा मात्रै पनि कुनै घट्ना भईहाले युनिकले रु ३० हजार सम्मको किरिया खर्च सुबिधा दिने र सदस्य कालगतिका कारण निधन भएको हकमा १३५ प्रतिशत सुबिधा प्रदान गर्ने गरेको बताए ।
तर हाल आएर २०८२ बैसाख १४ गते पछिकाे बिमा सुबिधा परिवर्तन भई सदस्यकाे अथवा श्रीमान संगै ग्यारेन्टरकाे मृत्युुमा समेत ऋणा मिनाहा हुने गरेकाे बताए ।
एक कार्यक्रमको आयोजना गदै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर बर्दियाले उनकै घरमा गई किरिया खर्च तथा बिमा बाफतको रकम रु ९० हजार रुपैया राजापुर नगरपालिका वडानं ३ का वडा अध्यक्ष प्रसादु थारु मार्फत चेक प्रदान गरेको हो ।
उक्त कार्यक्रममा बाेल्दै वडा अध्यक्ष थारुले ऋणकाे सही सदुपयाेग गर्दै अघि बढ्नुपर्ने र भबिष्यमा आउने जाेखिम बारे समेत सजग हुनुपर्ने बताए ।
उनले अति बिपन्न परिवारलाई माथि उकास्न लघुबित्तले भुमिका खेल्नु पर्ने र स्थानिय निकायबाट हुने साथ सहयाेग रहने समेत बताए ।
उनले परिवारका सदस्य गुमाउदाकाे पीडा अत्यन्तै दुख दायि हुने तर बिमा रकमले औंषधी उपचार तथा अन्य कार्य गर्दा लागेकाे ऋण रकम तिर्न समेत सहज हुने बताए ।
उनले घाँटी हेरी हाड निल्नु भने झै ऋण पनि आफनाे अवस्था ,ब्यवस्था सबै ध्यान दिई लिनु पर्ने बताए ।
उक्त कार्यक्रममा बाेल्दै शाखा प्रबन्धक निर्मल रैकाले समाजसेवी झमक लाल थारुको निधनमा दुख ब्यक्त गरे ।
सुन्तली चाैधरीको श्रीमान झमक लाल थारुकोे ३५ वर्षको उमेरमा निधन भएको थियो । उनका १ छोरी र १ छोरा रहेका छन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम,आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ ।
हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ९० हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आएको छ ।