२०८२ असार २६,
ईलाका प्रहरी कार्यालय राजापुरको प्रमुखका रूपमा आएका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहरा लाई राजापुरका बैक तथा बित्तीय संस्थाका कर्मचारीहरुले स्वागत तथा परिचयात्मक कार्यक्रम गरेका छन् ।
राजापुरमा रहेका बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु संगठित भई गठन गरिएको राजापुर गेरुवा लघुबित्त कर्मचारी मञ्चको आयोजनामा स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले लघुबित्त तथा अन्य बित्तीय संस्थासँग सहयोगात्मक सम्बन्ध राख्दै शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरी प्रशासन कटिबद्ध रहेको बताएका थिए ।
प्रहरी नायब उपरीक्षक बोहराले अपराध गर्ने छुट कसैलाई नभएको बैक तथा बित्तीय संस्थाका कर्मचारीहरुले निर्बाध रुपमा कार्य सम्पादन गर्न तथा संयमित भई कार्य गर्न समेत जोड दिए ।
उनले अपराधिक सोच मानसिकता भएका ब्यक्तिहरु आएमा प्रहरी प्रशासन सहयोग गर्न तयार रहेको बताए ।
उनले २०५५ साल तिर आफु पनि बैंक तथा बित्तीय संस्थामा कार्य गरेको अनुभव सुनाउदै , गाँउघर तिर हाल लघु बित्त संस्थालाई चुनौती रहेको पनि बताए ।
कार्यक्रममा उपस्थित लघुबित्त बित्तीय संस्थाका कर्मचारीहरुले वर्तमान समयमा लघुबित्त तथा बित्तीय शोषण बिरुद्धको संघर्ष समिति नेपाल नामक संस्था तथा अपराधिक मानसिकता भएका जत्था समुहले लघुबित्त बित्तीय संस्थामा आई दुख दिने आक्रमण गर्ने,लुटपाट गर्ने, धम्की दिने जस्ता कार्यहर गदै आएको भनी समस्याहरु राखेका थिए ।
बैक तथा बित्तीय संस्थाका कर्मचारीहरुको शान्ती सुरक्षा तथा निर्वाध रुपमा दैनिक कार्य सम्पादन गर्ने बातावरण हुनुपर्नेमा जोड दिएका थिए ।
बर्दियाको राजापुरमा रहेका बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुले २०८० सालमा राजापुर गेरुवा लघुबित्त कर्मचारी मञ्च मार्फत बिभिन्न सामाजिक कार्यहरु गदै आएको छ ।




