पञ्चदेवल विनायक नगरपालिकामा आस्था नेपाल वर्ल्ड भिजनको आर्थिक सहयोग पालिकाको समन्वय साझेदारी तथा बाल मैत्री स्थानीय शासनको आयोजनामा बाल मैत्री स्थानीय शासनका सूचकको अवस्था विश्लेषण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

अस्ति  देखि सञ्चालन भएको गोष्ठीको नगर प्रमुख एवमं बाल मैत्री स्थानीय शासन समिति सयोजक अम्विका चलाउने ज्यू को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा अध्यक्ष ज्यूहरु प्रमुख प्रशासकीय अधिकृत प्रसाशन शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख , वडा सचिव ज्यूहरु तथा नगर बाल सञ्जाल अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

दुई दिन सम्म संचालित गोष्ठीमा बाल मैत्री स्थानीय शासन अवलम्बन गर्न सरकारले नीतिगत रुपमा के व्यवस्था गरेको छ सोको जानकारी बाल बालिका लाई संरक्षण गर्न बाल मैत्री व्यवहार निर्माण गर्न बनेका एन कानुनको जानकारी । बाल मैत्री स्थानीय शासन घोषणा गर्नका लागि अपनाउनु पर्ने पाँच वटा चरण र प्रकृया बारे छलफल गरिएको थियो ।

बाल मैत्री स्थानीय शासनका ५१ वटा सूचकको बारेमा विस्तृत छलफल गर्नु का साथै हरेक सूचक पूरा भय नभएको एकिन गर्न तथा सर्पोट डकुमेन्ट के राख्ने बारेमा छलफल गरिएको थियो साथै बाल मैत्री स्थानीय शासनका केही सूचककलाई सहज बनाई कार्यान्वयन गर्न सूचकको स्थानीयकरण गरिएको छ ।

आगामी दिनमा पञ्चदेवल विनायक नगरपालिकामा बाल मैत्री स्थानीय शासन लाई अवलम्बन गरी बाल मैत्री घोषणा गर्न प्रत्येक वडामा बाल मैत्री स्थानिय शासन समिति गठन गरी वडाको हालको सुचको अवस्था विश्लेषण गर्ने र हरेक वडालाई सुचकको अवस्थाको आधारमा प्राथमिकीकरण गरी ठोस निर्णय गरी योजना तयार पारी बाल मैत्री अभियान लाई पालिका स्तरको सबै वडामा सञ्चालन गर्ने र जसको लागि पालिका स्तरमा साझेदार निकाय संग साझेदारी गरेर अगाडि बढ्ने र क्रमिक रुपमा वडाहरू लाई बाल मैत्री स्थानीय शासन वडाहरू घोषणा गरी बाल मैत्री व्यवहार अवलम्बन गर्ने लगायत बाल बालिकाका क्षेत्रमा संचालित हरेक कार्यक्रममा स्थानीय सरकारले विगत देखि काम गर्दै आइरहेको र अझै थप कार्यक्रमलाई निरन्तरता दिदै हरेक कार्यक्रममा बाल मैत्री केन्द्रित कार्यक्रम सञ्चालन गर्ने तथा बाल मैत्री अभियान लाई सबैको साथ सहयोग र सहकार्यले सम्पन्न गर्ने प्रतिवद्धता सहित नगर प्रमुखले गोष्ठीलाई समापन गर्नुभएको थियो ।
उक्त गोष्ठीको सहजीकरण वल्ड भिजनका बाल संरक्षण प्रतिनिधि कृप राज जोशी आस्था नेपालका कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्लाले गर्नु भएको कार्यक्रमको सञ्चालन महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हंसराज अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय