हिक्मत बहादुर नेपाली
अछाम मंसिर २१ ।
लैङ्गिक हिंशा विरुद्धको १६ दिने अभियान अन्तर्गत मुलीमा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कमलबजार नगरपालिका वडा नं १ मुलीका वडा अध्यक्ष भक्त बहादुर बोहराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यो कार्यक्रम कमलबजार नगरपालिका , UNFPA, KOICA, Good neighbour international , WAC Nepal,सेबक नेपाल , आस्था नेपाल र CMC Nepal को संयुक्त सहयोग सहजीकरणमा सम्पन्न भएको हो ।
प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसाको अन्त्य गराैं भन्ने मुल नाराको साथमा भएको कार्यक्रममा विभिन्न सरोकारवाला संग लैंगिक हिंसा अन्त्यका सवालमा अन्तरक्रिया गरिएको थियोे । वडा सचिव नेत्र बहादुर बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा कार्यलयका कार्यरत सामुदायिक मनोपरामर्शकर्ता निर्मला तिमिल्सैना ढकालले गर्नुभएको थियोे । कमलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत न्यायिक समितिका उजुरी प्रशासक राम बहादुर बिष्टले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियोे । कार्यक्रममा CMC नेपालका पार्वती बोहराले लैंगिक हिंशाको अन्त्यको सवालमा आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियोे । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, वडा स्थित शिसुबोधनी माद्यामिक विद्यालयका शिक्षक, विद्यार्थी, SAFE Girls परियोजननाका कार्यक्रम अधिकृत दिपा बम लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय