हिक्मत नेपाली
कमलबजार, बैशाख १३
अछामको कमलबजार नगरपालिका वडा नं १ मुलीमा आज नगर स्तरिय दलित सञ्जालको १३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा नं १ मुलीका वडा सदस्य नवल सिंह विकको अध्यक्षतामा बसेको भेलाले दलित सञ्जालको वडा कमिटी गठन गरिएको छ । वडा कमिटीकाे अध्यक्षमा दिपक बिक, उपाध्यक्षमा कुशे कामी, सचिवमा जंगे कामी सहसचिव दिनेश बिक तथा कोषाध्यक्षमा दिपा विक सहित १३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएकाे सचिव जंगे कामी ले जानकारी दिए । ५५ जना उपस्थित सो भेलाको प्रमुख अतिथि कमलबजार नगर स्तरीय दलित संञ्जालका अध्यक्ष लोकेन्द्र बहादुर नेपाली रहनु भएको थियोे । सो भेला लाई सम्बोधन गर्दै नेपालीले दलित समुदायको जीवन स्तर परिवर्तनका लागि शिक्षामा जोड दिनुपर्ने र अाफ्ना हक अधिकार स्थापित गर्न र जातीय विभेद (छुवाछूत) जस्तो कुप्रथा अन्त्य गर्न वर्षौं देखि पछाडि पारिदै अाएको दलित समुदाय अाफै जाग्नु पर्ने वेला अाएको बताए । राज्यका हरेक निकायमा दलितको समावेशी प्रतिनिधित्वका साथै विकास निर्माणका कार्यमा पनि दलितको सहभागिता सुनिश्चित हुनु पर्ने उहाँको भनाई थियो । भेलालाई सम्बोधन गर्दै बिशिस्ट अथिति प्रकाश बिश्वकर्माले वर्गीय आन्दोलन विना दलित मुक्ति असम्भव भएकोले सम्पूर्ण दलितलाई दलित मुक्ति आन्दोलनमा सहभागी भई एकजुटका साथ लाग्नु पर्ने बताए । कार्यक्रममा नगर स्तरीय दलित सञ्जालका सदस्य तथा वडा नं २का वडा सदस्य नरेश ढोली, दलित अगुवा नवीन सुनार शिक्षक माेहन सिंह नेपाली लगायतको उपस्थिति रहेकोे सो कार्यक्रमको सञ्चालन दिनेश बिकले गर्नु भएको थियो भने स्वागत मन्तव्य नवलसिंह नेपालीले गर्नु भएको थियो । नगर स्तरीय दलित सञ्जालको मंगलबार ( १४ गते ) कमलबजार नगरपालिका वडा नं ८ ढाँकुमा वडा कमिटी गरिने भएकोले त्यहा स्थित अाम दलित समुदायलाई उपस्थितिका लागि अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय