कमल रावल, जेठ २३ अछाम

जिल्ला प्रशासन कार्यालय अछामले जिल्लामा बजार निरीक्षण तथा अनुगमनलाई निरन्तर जारी राखेको छ । टोलिले ढकारी गाउँपालिका वडा नम्बर १,३ र ६ मा रहेका ढकारी बजार, ढंग्ङनेटा बजार र ढुंङ्गाचाल्ना बजारमा संयुक्त अनुगमन गरेको छ । अनुगमन गरिएका ११ पसल मध्ये ४ वटा पसललाई सचेत गराईएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैनाले बताउनु भयो ।

जरिवाना कसैलाई नगरिए पनि खाद्य सामग्री म्याद नाघेका भेटिएकाले संकलन सहित सबै नष्ट पारिएको छ । अनुगमनका क्रममा म्याद नाघेका सुजि ४२ प्याकेट,नमकिन ४ पाल्टा, भुजा ४१ प्याकेट, दालमोट ३ पाल्टा ७ प्याकेट, आटा १० केजि, चिप्स ३३ प्याकेट, बेसार २४ प्याकेट, बिस्कुट – १६ वटा, ललिपप २ डिब्बा र स्वायभिन १ प्याकेट जलाएर नष्ट पारिएको छ । स-साना पसलहरुबाट थोरै मात्रामा खाद्य सामाग्रि भेटिएकोले पहिलो पटकलाई सचेत मात्र गरिएको सहायक प्रजिअ तिमिल्सैनाले बताउनु भयो । जिल्लाका अन्य बजार भन्दा ढकारीमा बजारमा केही मात्रामा सुधार देखिएको अनुगमन टोलिले जनाएको छ । जिल्लामा कहि कतै उपभोक्ताको हित हनन हुने कार्य भए/गरेको पाईएमा वा प्रचलित कानून विपरित व्यापार व्यावसाय गरेको जानकारी पाईएमा यथाशीघ्र जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । साथै हरेक सामग्रीको बिल लिने दिने व्यापारी तथा आम उपभोक्तालाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय