
कमलबजार श्रावण ६
कमलबजार नगरपालिका वडा न.६ बिरपथ डुप्के निवासी देविराम ढकाल लाई स्याउले नजिकेको जंगलमा भालुले आक्रमण गरि घाईते बनाएको छ उनको अनुहार,हात,खुटा लगायत शरिरका अन्य भागमा चोट पटक लागेको र प्राथमिक उपचार पश्चात थप उपचार का लागी नेपालगंञ्ज रेफर गरिएको जिल्ला अस्पताल मंगलसैनका डा.हितेश खडकाले बताउनु भयो ।
स्थानिय बुढाखोला सामुदायिक वनका वन रक्षक रहेका ढकाल वन हेरचार गर्ने क्रममा जंगल गएका बखत भालुले एकासी आक्रमण गरि घाईते बनाएको थियो र उपचारका लागी जिल्ला अस्पताल परयाएको थियो ।