कमलबजार सम्बादाता निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताका लागि कार्यकारिणी सदस्यको सनाखत लिइसकेको छ ।
जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत गराएका छन् । एक कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।
दुईतिहाइ भन्दा बढी कार्यकारिणी सदस्य यादवको पक्षमा भएपछि पार्टीको आधिकारिकता यादव पक्षले पाउने पक्का भएको छ।